ग्लोबल आइएमईको २ वर्षमै २ गुणा हुने मुद्दती योजना सार्वजनिक

ग्लोबल आइएमईको २ वर्षमै २ गुणा हुने मुद्दती योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको जानकारी दिएको हो । 

यस मुद्दती निक्षेप योजना अन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्ने ग्लोबल आइएमईले जनाएको छ ।  मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । 

२ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानु पर्ने  बैंककाे विज्ञप्तिमा उल्लेख छ । उक्त योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ तोकिएको छ ।

उदाहरणको लागि कुनै ग्राहकले १ लाख रुपैयाँ रकम राखी “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत खाता खोल्दा हरेक तीन महिनामा रु १०,००० को दरले ७ पटकसम्म रकम थप्दै जानुपर्नेछ । यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम दुई गुणा हुनेछ । अन्तिम त्रैमासमा भने रकम थप्न पाइने छैन । मुद्दती निक्षेपको अवधि समाप्तिमा ग्राहकले २ गुणा रकम प्राप्त गर्नेछ । 

यस योजनाले साना व्यवसाय गर्ने, नोकरी एवं निश्चित आय भएकाहरुलाई निरन्तर बचत गर्ने बानी प्रोत्साहन गर्न उपयुक्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता नयाँ योजनाहरु सार्वजनिक गर्दै आएको छ । देशको ७७ वटै जिल्लामा शाखा रहेको यस बैंकले ३० लाख भन्दा बढी ग्राहकमाँझ सेवा प्रदान गर्दै आएको छ । 
 

Skip This
Skip This
Logo