लोकप्रिय अभिनेताको सूचीमा बलिउडबाट अक्षय कुमार मात्रै, बाँकी सबै साउथका स्टारहरु

लोकप्रिय अभिनेताको सूचीमा बलिउडबाट अक्षय कुमार मात्रै, बाँकी सबै साउथका स्टारहरु

केन्द्रबिन्दु
0
Shares

साउथ फिल्मको सफलतासँगै त्यहाँका कलाकारहरुको लोकप्रियता देशभरि नै बढेको छ । 

आरमैस मिडियाले अगस्ट महिनाको सबैभन्दा लोकप्रिय पुरुष अभिनेताको सूची जारी गरेको छ। शीर्ष १० को सूचीमा बलिउडका अक्षय कुमार बाहेक साउथका कलाकार मात्रै परेका छन् । आउनुहोस आजको लेखमा यस सूचीमा एक नजर राखौं ।

विजय
विष्ट फिल्मका अभिनेता विजय पहिलो नम्बरमा छन् । यस सूचीमा विजयको शासन छ । अघिल्लो महिना पनि उनी पहिलो नम्बरमा थिए ।

प्रभास
बाहुबली हिरो प्रभासको अघिल्लो फिल्म ‘राधे श्याम’ नराम्ररी फ्लप भएपनि उनको लोकप्रियतामा भने कुनै असर परेको छैन । उनी यो लिस्टको दोस्रो नम्बरमा छन् । प्रभाससँग अहिले ‘आदिपुरुष, सालार र प्रोजेक्ट के’ छन् । 

जुनियर एनटीआर
आरआरआर स्टार जुनियर एनटीआर सूचीमा तेस्रो स्थानमा छन् । साउन महिनामा पनि उनी यहि स्थानमा थिए । 

अल्लु अर्जुन
चौथो स्थानमा पुष्पा हिरो अल्लु अर्जुन परेका छन् । फ्यानहरु अहिले अल्लु अर्जुनको आगामी फिल्म पुष्प २ को प्रतिक्षामा छन् ।

यश
कन्नड स्टार यशको केजिएफ च्याप्टर २ यस वर्षको ठूलो हिट फिल्म थियो । यहि कारणले यश यो सुचिको पाँचौं स्थान हासिल गरेका छन् ।

अक्षय कुमार
अक्षय कुमारका लागि यो वर्ष राम्रो रहेन । उनका फिल्म बच्चन पाण्डे, सम्राट पृथ्वीराज र रक्षा बन्धन फ्लप भए । यति हुँदाहुँदै पनि उनको लोकप्रियतामा कुनै कमी आएको छैन । उनी छैटौं नम्बरमा छन् । 

रामचरण
यो महिना रामचरण सात नम्बरमा सन्तुष्ट भएका छन् । आरआरआर स्टार रामचरण जुलाई महिनामा छैटौं नम्बरमा थिए । 

महेश बाबु
दक्षिण फिल्म उद्योगमा वर्षौंदेखि राज गर्दै आएका महेश बाबुले आठौं स्थान पाएका छन् । महेश बाबुको आगामी फिल्म एसएस राजामौलीसँग छ ।

सुया
जय भीम अभिनेता सुर्याका लागि यो वर्ष निकै राम्रो रह्यो । ‘जय भीम’ मा उनको अभिनयको तारिफ भएसँगै उनले यस वर्ष ‘सूरराई पोत्रु’का लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि पाएका छन् ।

अजित कुमार
सूचीमा अजित कुमार १० औं स्थानमा परेका छन् । वर्कफ्रन्टको कुरा गर्दा उनको आगामी फिल्म ‘थुनिभु’ को पोस्टर हालै सार्वजनिक भएको छ ।
 

Logo