के तपाई निषेधाज्ञाकैबीच विवाह गर्ने सुरसारमा हुनुहुन्छ ? उसो भए ख्याल राख्नुहोस्।
काठमाडौँ जिल्ला प्रशासनले विवाहका लागि ७ जना भन्दा बढी जन्ती लैजान नपाउने जनाएको छ। सिडिओ कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले निकालेको सूचनामा विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ ।
तर मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाइए पनि कति जनासम्म सहभागी हुन पाउने भन्ने उल्लेख गरिएको छैन । यसबाहेक दैनिक उपभोग्य वस्तुहरु, कृषि तथा पशुपञ्जी सम्बन्धी कार्य, बैंक तथा वित्तीय कारोबार, बीमासम्बन्धी कार्य, औषधिजन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स सेवा, कुटनैतिक नियोग, टेलिफोन सेवा, विद्युत जस्ता सेवा सञ्चालनका लागि सहजीकरण हुने सूचनामा उल्लेख छ ।
निषेधाज्ञाको समयमा अति आवश्यक सेवाहरु सञ्चालनका लागि सम्बन्धित निकायबाट जारी भएको फोटोसहितको परिचयपत्र तथा कार्य प्रयोजन खुल्ने सामग्री लिइ हिँडेका सवारीसाधनलाई आवश्यक सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
































प्रतिक्रिया