नवौं राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा प्रदर्शन

नवौं राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी शनिबार प्रदेश नम्बर एकको राजधानी विराटनगरमा प्रदर्शनी गरिएको छ ।

विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले ट्रफी सार्वजनिक गरेका हुन्।  राष्ट्रिय खेलकुद परिषद्ले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुरमा निकालेको हो ।

ट्रफी प्रदर्शन कार्यक्रममा सदस्य सचिव हंशराज वाग्लेले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलका लागि आवश्यक पर्ने बजेट विनियोजन लगायतका कुराहरुमा प्रदेश सरकारले सहयोग गरेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

१५ हजार भन्दा बढि खेलाडीबाट जिल्ला छनौट गर्दै प्रदेश स्तरिय छनौट प्रतियोगिताको आयोजना गरेको र प्रदेश छनौटमा साढे पाँच हजार भन्दा बढि खेलाडी सहभागि हुँदै नवौं  राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकबाट ७ सय ६ जना खेलाडीले सहभागिता जनाउने सदस्य सचिव वाग्लेले बताए ।

कार्यक्रममा अतिथीको मन्तव्य राख्दै प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले संघीय संरचनामा आइसकेपछि प्रदेश सरकार मातहतबाट पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका कतिपय कुराहरु पुरा गर्न नसकेपनि सरकारले खेललाई माया गरेको र भोलि आवश्यक परेको खण्डमा सहयोग गर्ने बताए ।

गण्डकी प्रदेशमा आगामी असोज २८ गते देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेछ । 
 

Skip This
Skip This
Logo