‘मेरो शेयर’ मा ट्राफिक जाम, आइपीओ भर्न समस्या 

‘मेरो शेयर’ मा ट्राफिक जाम, आइपीओ भर्न समस्या 

केन्द्रबिन्दु
0
Shares

बिहीवार विहानैदेखि मेरो शेयर सफट्वेयरमा समस्या आएको छ । जसले गर्दा  तीन ओटा कम्पनीले जारी गरेको आईपीओ भर्न समस्या भएको छ।

सरकारले बिहीवारबाट उपत्यकाका सवै जिल्लामा निषेधाज्ञा गरेका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाहरु बन्द अवस्थामा छन् । त्यसैले सीडीएससीले सञ्चालनमा ल्याएको मेरो शेयरबाट आइपीओ भर्नेहरू ट्राफिक बढेको हो।

सीडीएससीका प्रबक्ता सुरेश न्यौपानेले अत्याधिक ट्राफिक बढेका कारण सिस्टममा चाप बढ्दा समस्या आएको बताए । उनका अनुसार सामान्य दिनमा १६ हजार जनाको भिजिट हुने गरेकोमा बिहीवार ४० हजारभन्दा बढीको चापले सिस्टम दबाबमा परिरहेको छ ।

लिवर्टी इनर्जीले बुधवारबाट र  रिलायन्स फाइन्स तथा समाज लघुवित्त वित्तीय संस्थाले बिहीवारबाट आइपीओ जारी गरेको छ।

यो पनि

 

दुई कम्पनीको आइपीओ खुल्यो, कुनमा कति आवेदन दिनु उपयुक्त ?

 

Logo