दसैंमा हामीले एउटा प्रोडक्टको खरिदमा ४६ हजारसम्मको छुट दिएका छौंः विष्णुप्रसाद ज्ञवाली, बजार प्रबन्धक, सिजी इलेक्ट्रोनिक्स

दसैंमा हामीले एउटा प्रोडक्टको खरिदमा ४६ हजारसम्मको छुट दिएका छौंः विष्णुप्रसाद ज्ञवाली, बजार प्रबन्धक, सिजी इलेक्ट्रोनिक्स

केन्द्रबिन्दु
0
Shares

नेपालकै सबैभन्दा ठूलो प्रिमियम मल्टी ब्राण्ड इलेक्ट्रोनिक्स तथा चौधरी ग्रुपको आफ्नै सिजी डिजिटल र एलजी सोरुमहरु देशभरि नै बिस्तार भइरहेको छ । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले यसपालिको दसैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै ‘सिजीसँग यो पर्व, गरौं गर्व’ नारासहित नयाँ उपहार योजना बजारमा ल्याएको छ ।

कम्पनीको स्वामित्वमा रहेको सबै भन्दा ठूलो प्रिमियम इलेक्ट्रोनिक्स सीजी डिजिटल तथा एलजी सपिङ सोरुममा हरेक सामान खरिद गर्दा विषेश छुट प्रदान गर्दै आइरहेको छ भने ग्राहक वर्गहरुको सुविधालाई ध्यानमा राखेर देशैभर फ्री डेलिभरी उपलब्ध छ । सामान बेचिसकेपछि सेल्स सर्भिस, फ्रिमाइक्रो वेभ कुकिङ क्ल्यास माइक्रो वेभ ओभन किने पछि कसरी चलाउने सिकाइन्छ तथा वासिङ मेसिनको पनि फ्रि डेमो अथवा वासिङ मेसिन कसरी चलाउने भन्ने लुगा धोएर नै सिकाइन्छ । यो दसैं तिहारमा सिजीका उत्पादनमा के–के छन् त अफर ? यसबारे हामीले सिजी डिजीटल पार्कका बजार प्रबन्धक विष्णुप्रसाद ज्ञवालीसँग कुराकानी गरेका छौं । 

यसमा सबैभन्दा ठूलो विषय सर्भिस हो । खरिद गरेपछि तपाईं कस्तो सर्भिस पाउनु हुन्छ भन्ने कुरा महत्वपूर्ण हो र त्यो सर्भिस कुन कम्पनीले दिन सक्छ ? सिजीको वा चौधरी ग्रूपको ब्याकअप, पोडक्टको क्वालिटी र पोडक्टको मुल्यले प्रभाव पारेको छ ।

दसैंतिहारमा सिजीका अफरहरु के–के छन् ?
-सिजी चाडवाड अफर हामीले हरेक वर्ष ल्याउँने गरेका छौं । यो वर्ष पनि हाम्रा पोडक्टमा विभिन्न अफरहरु छन् । यो वर्ष बजारको ट्रेनअनुसार उपभोक्ताका लागि अधिकतम क्यास डिस्काउन्टमा ४६ हजार रुपैयाँसम्म र कुनै उत्पादनमा स्यूर सट गिफ्ट पनि राखेका छौं । त्यसमा २.१ स्पिकर, मिक्सर ग्रान्डरहरु जस्तो उत्पादनहरु स्किममा पाउनुहुन्छ । सिजी ब्रान्डका सबै पोडक्टमा क्यास डिस्काउन्ट भने उपभोक्ताले पाउछन् । 

४६ हजारको डिस्काउन्ट त भन्नुभयो, यो कुनकुन उत्पादनमा पाइन्छ ? 

-सामान्यतयाः कम रकमको उत्पादनमा बढी रकम डिस्काउन्ट त पाइदैन । यो स्किम विस्तृतमा बुझ्न नजिकको डिलरले विस्तृतमा बुझाउन सक्छ । तपाई भ्रमण गर्नुहोस । छोटकरीमा भन्दा ९१० लिटरको डिपफ्रिजमा हामी ४६ हजारको डिस्काउन्ट दिन्छौं । यसको मार्केट मूल्य २ लाख १० हजार रुपैयाँ छ । यो स्किम भने सिजीको पोडक्टमा मात्रै लागू छ । 

हामीले स्लोगन नै बनाएका छौं, 'प्रिमियम प्रोडक्ट बजेट प्राइज' । हाम्रो चाहाना के हो भने नेपाली उपभोक्ताको लागि हाम्रो उत्पादनको क्वालिटी मल्टीनेशनल ब्रान्ड सरह दिन सकौं । हामी दिइरहेका पनि छौं ।

विगतका वर्षमा पनि छुट हुने नै गथ्र्यो । यो वर्ष पनि छ । के फरक छ ? 
-बजारमा हरेक दिन नयाँ नयाँ गर्नै पर्छ । बजारको मागअनुसार मार्केटिङको रणनीति बनाएन भने सोचेअनुसारको बिक्री गर्न सकिन्न । त्यसैले सिजीका पोडक्टमा केही न केही नयाँपन बजारमा पाउनु नै हुन्छ । गतसालको तुलनामा यो वर्ष बढी नै छुट तपाईंले पाउनु भएको छ । पोडक्ट पनि फरक फरक पाउनु भएको छ । यो वर्ष हामीले सिजीमा गुगल एन्ड्रोइड भनेर टिभी लन्च गर्यौं । यो भनेको नेपाली ब्रान्डमा पहिलो गुगल एन्ड्रोइड सर्टिफाइट टिभी हो । यो सिजीमा मात्रै पाउनुहुन्छ । यो पहिलो र एकमात्रै हामी हो । सिजीमा हामीले प्रिमियर रेन्जमा सिग्नेचर सिरिज भनेर सिजी मेरिजलाई लन्च गरेका छौं । त्यसमा टेलिभिजन, रेफ्रिजेनेरेटर, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनरलगायत छन् । अन्य प्रोडक्टमा पनि हामी सिग्नेचर सिरिजमा पनि जादैछौं । यो भने सिजीलाई अपग्रेट गर्न खोजेका छौं । 

उपभोक्ताले सिटीको पोडक्ट नै किन प्रायोग गर्ने त ? 
-सबैभन्दा ठूलो कुरा भनेको इलेक्ट्रोनिक्स कन्ज्युमर गुड्स हो हाम्रो । यो भनेको ड्युरेबल पोडक्ट पनि भनिन्छ । एउटा टेलिभिजन वा रेफ्रिजेनेरेटर किन्नु हुन्छ भने हामी सोच्छौं कम्तीमा यो १० वर्ष २० वर्षका लागि होस । त्यसकारण यो आज किनियो खायो सकियो भन्ने कुरा हैन । यसमा सबैभन्दा ठूलो विषय सर्भिस हो । खरिद गरेपछि तपाईं कस्तो सर्भिस पाउनु हुन्छ भन्ने कुरा महत्वपूर्ण हो र त्यो सर्भिस कुन कम्पनीले दिन सक्छ ? सिजीको वा चौधरी ग्रूपको ब्याकअप, पोडक्टको क्वालिटी र पोडक्टको मुल्यले प्रभाव पारेको छ । यसमा रहेर हामीले स्लोगन नै बनाएका छौं, 'प्रिमियम प्रोडक्ट बजेट प्राइज' । हाम्रो चाहाना के हो भने नेपाली उपभोक्ताको लागि हाम्रो उत्पादनको क्वालिटी मल्टीनेशनल ब्रान्ड सरह दिन सकौं । हामी दिइरहेका पनि छौं । मुल्य भने नेपाली मार्केटअनुसार सुहाउँदो र धान्न सक्ने छ । त्यसैले उपभोक्ताले मनपराइदिनु भएको छ । सिजीको प्रोडक्ट लिँदा आफ्टर सेल्स सर्भिस, क्वालिटी, फिचर्सलगायत कुरामा ढुक्क भएर लिन सकिन्छ । 

सिजीमा कुनकुन प्रोडक्टहरु चर्चित छन् ? 
-सिजी ब्रान्डमा अहिले धेरै प्रोडक्ट छ । सबै नै चर्चिछन् । टेलिभिजन र रेफ्रिजेनेरेटरको नाम सुरु मै आउँछ । कमर्सियल फ्रिज, वासिङ मेसिन, एसी, कुलर, माइक्रो ओभन, भ्याकुम क्लिनर छ । किचनका सामानमा पनि हाम्रा प्रोडक्टहरु धेरै नै रुचाइएका छन् । राइस कुकर, मिक्सचर ग्राइन्डर, इन्डक्सन कुकुर, प्रेसर कुकर, ग्यास स्टोभ, हब, चिम्नी, सोलार, सिएफएल लिड बल्भहरु सानोदेखि ठूलो ब्रान्डमा पाइन्छ । 

उपभोक्ताले मनपराइदिनु भएको छ । सिजीको प्रोडक्ट लिँदा आफ्टर सेल्स सर्भिस, क्वालिटी, फिचर्सलगायत कुरामा ढुक्क भएर लिन सकिन्छ । 

उपभोक्ताका लागि के सुझाव र आग्रह छ त तपाईंको ?
-मेरो आग्रह के छ भने नेपाली उपभोक्ताका लागि, जहिले पनि प्रोडक्टको मुल्य मात्र नहेर्नु होला । यसको क्वालिटी, आफ्टर सेल्स सर्भिस, डेलिभरी सिस्टमलगायतका सम्पूर्ण कुराहरुमा पनि ध्यान दिनु होला । मुल्य त हेर्नु पर्छ तर त्यसपछि मात्रै हेर्नु होला । एकदुई हजार रुपैयाँ सस्तो खोज्ने चक्करमा, सस्तो सामान खरिद गर्दा पछि सर्भिस नपाउने, दुई महिनामा नै बिग्रिएर फ्याक्नु पर्नेलगायत अवस्थाबारे सुनेका छौं, भोगेका छौं, देखेका छौं । त्यसकारण एउटा कम्पनीको वारेन्टी र ग्यारेन्टी समान खरिद गरेर वर्षौसम्म ढुक्क हुनु होला भन्न चाहान्छु ।  

Logo