मंगलबार हुने नेपाल र बंगलादेशबीचको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि एउटै टिकटको मूल्य पाँच हजार रुपैयाँ तोकिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा भिआइपी टिकटको मुल्य एक हजारदेखि पाँच हजारसम्म निर्धारण गरिएको जानकारी दिएको हो ।
भिआईपी तर्फकै अन्य टिकटका लागि एक हजार तिर्नुपर्ने एन्फाले जनाएको छ । एन्फाले सामान्य प्यारापिटतर्फको टिकट मुल्य पाँच सय तोकेको छ ।
पछिल्लो साता मात्र सम्पन्न भएको साफ महिला च्याम्पियनसिपमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकटदर तोकेको थियो । उक्त खेल हेर्न दशरथ रंगशालामा दर्शकहरुको भीड रहेको थियो । तर यसपटक भने टिकदर निकै महँगो भएको भन्दै टिकटदरको विरोध भइरहेको छ ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल भोलि (मंगलबार) हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः ३० बजेबाट शुरु हुनेछ ।





























प्रतिक्रिया