काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । मंगलबार २२ सयले बढ्दै सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भएको थियो । बुधबार मूल्यस्थिर रहेको थियो ।
आज १६ सयले घट्दै ९८ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी भने २० रुपैयाँले घटेको छ । चाँदी आज १,३६० रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको पहिलो दिन आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको थियो । मंगलबार २२ सयले बढेको सुन बुधबार स्थिर रहेको थियो । अघिल्लो हप्ता सुनचाँदीको मूल्यमा उतार चढाव आइ नै रहेको थियो । गत बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन विहिबार २,४०० ले बढेर पुनः उकालो लागेको थियो ।
साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।































प्रतिक्रिया