नेपालको टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।
अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ ।
यस्तै पाकिस्तान चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।































प्रतिक्रिया