बबिता जी अर्थात् मुनमुन दत्त भन्छिन् ‘रियलमा पनि विवाहित पुरुषहरु मलाई आफ्नो क्रस भन्छन्’

बबिता जी अर्थात् मुनमुन दत्त भन्छिन् ‘रियलमा पनि विवाहित पुरुषहरु मलाई आफ्नो क्रस भन्छन्’

केन्द्रबिन्दु
0
Shares

‘तारक मेहता का उल्टा चश्मा’ टिभीको दुनियामा एउटा यस्तो शो हो, जसलाई लगभग सबै उमेर समुहका मानिसले हेर्न मन पराउँछन् । 

टीआरपी सूचीमा प्रायः शीर्ष स्थानमा रहने यो शो दर्शकको मनोरञ्जनका लागि सधैं नै तयार अवस्थामा रहन्छ । ‘तारक मेहता का उल्टा चश्मा’ कार्यक्रमका सबै पात्रको आ–आफ्नै महत्व छ । बालबालिकाको रमाइलोदेखि बबितासँग जेठालालको फ्लर्टिङसम्म दर्शकले मन पराउँछन् । बबिताजीप्रति जेठालालको झुकाव आफैमा अर्कै कथा बताउँछ । जेठालालले जे काम दयाको आदेशमा गर्दैनन्, बबिताजीको आग्रहमा प्रेमपूर्वक गर्छन् । तर के तपाईलाई थाहा छ शो’मा मात्र नभई वास्तविक जीवनमा पनि बबिता जी अर्थात् मुनमुन दत्त विवाहित मानिसहरुका क्रस हुन । मुनमुन दत्तको रिल लाइफ उनको वास्तविक जीवनसँग मिल्दोजुल्दो छ ।

एक अन्तर्वार्तामा मुनमुन दत्तले आफ्ना धेरै विवाहित साथीहरु आफूप्रति क्रस भएको बताउछिन् । दत्तले आफूलाई मन पराउने धेरै साथीहरू रहेको बताउँछिन्, उनीहरूलाई उनी आफ्नो क्रस भन्छन् । यसबारे मुनमुन भन्छिन्, आखिर कुन महिलालाई यस्तो ध्यान दिएको मन पर्दैन । मेरा धेरै साथीहरूले मलाई क्रस मानेका छन् । मुनमुन दत्तले भनिन्, जब उनका साथीहरूले आफू आफ्नो क्रस हुँ भनेर बताउँछन्, उनले पनि ‘ठीक छ’ भन्दै जवाफ दिन्छिन् ।

मुनमुन दत्तले आफ्नो करियर मोडलिङबाट सुरु गरेकी थिइन् । त्यसपछि उनले सिरियल ‘हम सब बाराती’ बाट अभिनयमा डेब्यू गरे । यसबाट उनले खासै परिचय भने पाएनन् तर यो शोले उनलाई अन्य सिरियल गर्ने बाटो खोलिदियो । त्यसपछि मुनमुन दत्तले ‘तारक मेहता का उल्टा चश्मा’ मा बबिता जीको भूमिका निभाउन थालिन् । आज शोले १४ वर्ष पूरा गरेको छ भने मुनमुनले पनि उद्योगमा करिब १४ वर्ष पूरा गरिसकेकी छिन् । बबिता जीको चरित्रले मुनमुन दत्तलाई घर–घरमा नयाँ पहिचान दिएको छ ।

Logo