सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन कार्ययोजना लागू

सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन कार्ययोजना लागू

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन कार्ययोजना लागू भएको छ ।

कैलालीमा मात्रै ट्राफिक प्रहरीले ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले जिल्लाका ९ स्थानमा सहायता कक्ष स्थापना गरेको जानकारी दिए । 

उनले त्यसलाई मध्यनजर गरेर सवारीको यान्त्रिक जाँच पनि गरेको बताए । बसपार्क लगायतका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी लागू गरिएको कार्ययोजनामा कडाइ गरिएको दाबी गर्दै उनले दुर्घटना न्यूनिकरणमा विशेष ध्यान दिएको बताए ।

चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ । विशेषगरी मजदुरी गर्न भारत गएकाहरु घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो । देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरु जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ । यात्रुको संख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुन्छ । 

सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले मादकपदार्थ सेवन गर्ने, सवारीको अवस्था चेकजाँच नहुने लगायतका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको छ । दुर्घटना न्यूनिकरण गर्न सुदूरपश्चिम प्रदेशभर सहायता कक्ष स्थापना गरी व्यवस्थापन भइरहेको छ ।

सबै जिल्लामा ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । 

Logo