विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनास्लु हिमालमा मृत फेला परेकी छन् । स्की गर्ने क्रममा सोमबारदेखि बेपत्ता भएकी उनको शव भेटिएको हो ।
सोमबार बिहान आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने बेलामा खोंचमा खसेर बेपत्ता भएकी थिइन् । त्यसपछि खोजीका लागि परिचालन गरिएको शेर्पाहरुको टोलीले आज बिहान उनलाई मृत अवस्थामा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हेलिकोप्टरमार्फत् नेल्सनको शव गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने तयारी भएको छ ।































प्रतिक्रिया