‘रविन्द्र र मलाई उस्तै रहेछन् भन्नु सखर र गोबर दाँज्नु जस्तै’ -बाबुराम भट्टराई

‘रविन्द्र र मलाई उस्तै रहेछन् भन्नु सखर र गोबर दाँज्नु जस्तै’ -बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टीको केही वर्ष यता नाम फेरिएपनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरका छन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले भने, ‘हाम्रो नाम परिवर्तन भएपनि सार एउटै छ । अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ । समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो ।’ 

साथै सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर पनि गरे । उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैँ भएको उल्लेख गरे । 

‘आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रविन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ । अब यो त गुड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराईमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभुत कुरा त केही मिल्दैन ।’ उनले भने, ‘हामी अग्रगमनको कुरा गरिरहेक छौँ । समुच्चतामा समाज रुपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे, फेरि पछाडितिर घुमाई फिराई राजतन्त्र, एकात्मक राज्यसत्ता, निरंकुशतातिर फर्किने अभ्यास एउटाले गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यसकारण युवा विद्यार्थीहरु सामाजिक सञ्जाल यस्ता कुराबाट मुक्त हुनुपर्छ ।’ 

Skip This
Skip This
Logo