पछिल्लो २४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु संक्रमितको संख्या २८ हजार १०८ पुगेको छ ।
बितेको २४ घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् । यसवर्ष मुलुकका मुस्ताङबाहेक ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
अहिले सबैभन्दा बढी डेंगुका संक्रमित बामगती प्रदेशमा देखा परेका छन् । हालसम्म बागमती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ ।





























प्रतिक्रिया