नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बिहीवार साँझ बैठक शुरु भएको हो ।
बैठकबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउने जनाइएको छ । साथै लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने छ ।
प्रत्यक्षतर्फका उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गइरहेको अवस्थामा गठबन्धन दलहरूसहित सबै दलले उम्मेदवार छनोटबारे छलफल तिब्र पारेका छन् । प्रत्यक्षतर्फ यही असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता (मनोनयन) गर्न निर्वाचन आयोगले समय दिएको छ ।





























प्रतिक्रिया