गुडिरहेको यात्रुवाहक बसमा आगलागी

गुडिरहेको यात्रुवाहक बसमा आगलागी

केन्द्रबिन्दु
0
Shares

खोटाङमा यात्रुवाहक बसमा आगलागी भएको छ । 

काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ गइरहेको बा३ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा एक्कासी आगलागी भएको हो ।

आगलागीबाट बससहित बसमा भएका सामान पूर्णरुपमा जलेका छन् । सो क्रममा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण पत्ता लागिसकेको छैन । 

हाल बाटोमा अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुर्‍याउन अर्को बसको व्यवस्था गर्ने तयारी भएको बताइएको छ । 
 

Logo