बिराटनगरमा उपचारका ल्याइएका दुई कैदी फरार

बिराटनगरमा उपचारका ल्याइएका दुई कैदी फरार

केन्द्रबिन्दु
0
Shares

मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्।

शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार झापा जिल्‍ला कारागारका उनीहरूमा क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो।

क्षयरोग लागेपछि हेमरम गत असार १३ गते र गुरुङलाई भदौ ७ गते झापाबाट विराटनगर अस्पताल लगिएको थियो। दुवैको खोजी भईरहेको छ । 

Skip This
Skip This
Logo