नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रुपमा मनाउनुपर्ने बताएका छन् ।
१५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताए । उनले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने बताए । उनले गान्धीका नैतिक र आध्यात्मिक विचारधारा अँगाल्ने हो अहिंसा र शान्तिको पथमा समाज रुपान्तरण हुने बताए ।
उनले भने, ‘गान्धीजीको विचार, नैतिक मूल्य,मान्यताद्वारा भारतको स्वाधिनताको संग्राम नेतृत्व भयो । गान्धीजीको विचार कसरी व्यवहारमा लागू गर्ने भन्नेकुरा छ । गान्धीजी आज हामीसँग नभएपनि उहाँका नैतिक र आध्यात्मिक मूल्यका कारण, विचारधाराका कारण भारत र नेपाल मात्रै नभइ विश्वका नेताहरुले उहाँको विचारधारालाई अघि बढाएका छन् । नेल्सन मण्डेला पनि गान्धीजीको विचारधारलाई अँगालेर दक्षिण अफ्रिकाको भेदभावलाई अन्त्य गर्नसक्नुभयो । गान्धीजीले अर्को कुरा गर्नुभएको थियो । जुन भारतमा स्वच्छता दिवसको रुपमा हामी मनाउँछौँ । प्रधानमन्त्री मोदीले २०१४ मा महात्मा गान्धी दिवसलाई स्वच्छता दिवस, स्वच्छताको एक अभियान लागू गर्न भन्नुभएको थियो । यो दिवस भारतमा त हामी मनाउँछौँ नै नेपालमा पनि यसको अनुशरण भयो भने राम्रो नै हुन्छ ।’





























प्रतिक्रिया