डडेलधुराको आलीतालमा बस र ट्रक ठोक्किदा १६ जना घाइते

डडेलधुराको आलीतालमा बस र ट्रक ठोक्किदा १६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् । 
 
कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका हुन् । ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सुदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ट्रक सोमबार बिहान ठोक्किएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ। उनीहरुको पहिचान भने खुलेको छैन । बसमा २४ जना सवार थिए ।

दुर्घटनापछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रु तथा सवारीसाधन अलपत्र बनेका छन् । अहिले डडेल्धुरा र डोटीबाट प्रहरी टोली दुर्घटनास्थलमा पुगेको छ । सडक खुलाउन प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo