स्वदेश फर्किए सन्दीप लामिछाने, विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

स्वदेश फर्किए सन्दीप लामिछाने, विमानस्थलबाटै प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेको थियो। 

किशोरी बलात्कारको आरोप लागेका उनलाई  प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ । सन्दीप नेपाल आइपुग्ने भएपछि बिहानैबाट प्रहरीको टोली विमानस्थलमा तैनाथ थियो । उनले आज बिहान सामाजिक सञ्जालमार्फत नै १० बजे कतार एयरवेजमा त्रिभुवन विमानस्थल आइपुग्ने र आत्मसमर्पण गर्ने जनाएका थिए । 

प्रहरीसमक्ष आत्मसमर्पण गरेका उनलाई सुरुमा जाहेरी परेको गौशाला वृतमा लगिने र त्यसपछि अनुसन्धान थालिने प्रहरीको भनाइ छ।

गत भदौ २१ मा एक किशोरीले होटलमा लगेर जबर्जस्ती करणी गरेकाे भन्दै  सन्दीपविरुद्ध काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसपछि अदालतले पक्राउ अनुमति दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानबाट निलम्बन गरेको थियो । निलम्बन हुनुअघिसम्म क्यानको सम्पर्कमा रहेका सन्दीप त्यसपछि भने सम्पर्कविहीन भएका थिए । नेपाल प्रहरीको आग्रहमा उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको थियो । 

Skip This
Skip This
Logo