अयोध्याबाट सुरु भएको ‘रामराज्य रथ यात्रा’ आज जनकपुरधाम आउँदै

अयोध्याबाट सुरु भएको ‘रामराज्य रथ यात्रा’ आज जनकपुरधाम आउँदै

केन्द्रबिन्दु
0
Shares

भारतको अयोध्याबाट सुरु भएको ‘रामराज्य रथ यात्रा’ आज जनकपुरधाम आउने भएको छ ।

अक्टाेबर ५ तारिखमा अयोध्याबाट ‘रामराज्य रथ यात्रा’ सुरु भएको थियो । श्री शक्ति शान्तानन्द महर्षीको नेतृत्वमा सुरु भएको उक्त यात्रा गोरखपुर, गोरखगञ्ज र सितामढी हुँदै आज जनकपुरधाम आउन लागेको हो । दिउँसो ३ बजे जनकपुरधाम आउन लागेको ‘रामराज्य रथ यात्रा’मा सहभागीलाई जनकपुरधामका मेयर मनोज साहले भव्य स्वागत गर्ने तयारी गरेका छन् । 

यात्रामा ४० जना साधुसन्त तथा महन्थ सहभागी छन् । जनकपुरबाट यात्रा काठमाडौं समेत पुग्नेछ । त्यसपछि पोखरा, बुटबल, नेपालगञ्ज र टिकापुर हुँदै पुनः भारत फर्कनेछ । भारतको विभिन्न राज्यको यात्रा पश्चात पुनः अयोध्या पुगेर समापन हुनेछ । ६० दिनसम्म अर्थात् ३ दिसेम्बरसम्म चल्ने सो यात्राले २७ राज्यका १५ हजार किलोमिटर दुरी तय गर्ने बताइएको छ । 

Skip This
Skip This
Logo