जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका -५ बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा  ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ज्यान गुमाउनेमा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् । 

बेपत्ता हुनेमा भने सुरेन्द्र हमाल र गणेश बहादुर शाही रहेका छन् । हाल उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ । 

Logo