गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ ।
पोखरा क्रिकेट मैदानमा पहिलो दिन आज दुई खेलहरु हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पधा हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ । महिला क्रिकेट कात्तिक १सम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । यस अघि पुरुष क्रिकेटको आयोजना भईसकेको छ ।





























प्रतिक्रिया