माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले गोरखा -२ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
आइतबार डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित अध्यक्ष प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । यसपटक निर्वाचन नलड्ने बताएका भट्टराईकै प्रस्तावमा प्रचण्ड अन्तिम समयमा गृहजिल्ला चितवन -३ छाडेर गोरखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न तयार भएका हुन्।
अध्यक्ष प्रचण्डले चारवटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड पनि बनाएका छन् । २०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० वाट निर्वाचित भएका उनी २०७० को निर्वाचनमा काठमाडौं–१० वाट पराजित हुँदा सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ वाट नै निर्वाचित भएका थिए ।































प्रतिक्रिया