नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं -४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । थापाले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यस क्षेत्रबाट उनी २०७० र ०७४ मा पनि निर्वाचित भैसकेका छन् । उनलाई यसअघि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोष प्रधान चौधरीले समर्थन गर्ने भएका छन् । चौधरीले उम्मेदवारी दर्ता नगर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
यस क्षेत्रमा नेकपा एमालेबाट नेता राजन भट्टराईले पनि उम्मेदवारी दिएका छन् ।





























प्रतिक्रिया