सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार ९असोज २० गते प्रहरीले पक्रेको थियो । तर दशैंको विदा परेका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराउन लागिएको हो । सन्दीपविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई निश्चित दिन तोकेर म्याद दिने छ ।

कतारको दोहाबाट बिहीवार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । 

Logo