नाै लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

नाै लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बारा प्रहरीले नाै लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरुलाई सर्वाजनिक गरेको छ ।  

सोमवार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । 

नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षका बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए  । 

उनका अनुसार असोज २१ रञ्जितले सिम्रौनगढ नगरपालिका ५ कनकपुरस्थित एसपि साईन मोटरसाईकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाकाे पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए । 

उनीहरु विगत लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउँदै आएका गिरोह नै रहेको बताए । उनले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ ईलाकाबाट नक्कली नोटको कारोवार गर्दै आएको अनुसन्धानको क्रममा देखिएको बताए । 

Logo