स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता राजन ढुंगानाले पार्टीले जनताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
यो ५ वर्षको अवधिमा मधेशमा जनतालाई सरकारको समेत महसुस नभएको बताउँदै ढुंगानाले सरकारको अनुभुत गराउन पनि आफ्नो उम्मेदवार रहेको दावी गरे ।
आफूले जिते प्रदेश ससंदको हैसियतले जनताको समस्याको पोकोलाइ संबोधन गर्ने तथा जनताको मनोभावनाअनुसार कुनै पनि राजनीति दलले अहिलेसम्म उम्मेदवारी नबनाएको बताउँदै स्वतन्त्रको भूमिकावाट आफ्नो कलाकारिता देखाउने नेता ढुंगानाको भनाइ छ । उनले माओवादीले समेत जनभावना अनुसार काम गर्न नसके पछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको दोहार्याए ।
उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन् । सत्ता गठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल बनेका छन् । गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र नं१ क मा काङ्ग्रेसले पाउने निर्णय गरेता पनि प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसवाट सुरेश राउत छन् ।





























प्रतिक्रिया