युक्रेन संकटमा रुसलाई भारतको प्रहार, पुटिनको मागविरुद्ध मतदान

युक्रेन संकटमा रुसलाई भारतको प्रहार, पुटिनको मागविरुद्ध मतदान

केन्द्रबिन्दु
0
Shares

युक्रेन संकट मामिलामा रुसलाई झट्का दिँदै गोप्य मतदानका लागि राष्ट्रपति भ्लादिमिर पुटिनको मागलाई भारतले फेरि अस्वीकार गरेको छ । 

युक्रेनका चार क्षेत्रहरूमा अवैध कब्जाको लागि रुसविरुद्ध संयुक्त राष्ट्र महासभामा मस्यौदा प्रस्ताव ल्याइएको थियो। यस प्रस्तावमा रुसको निन्दा गर्न खुल्ला मतदानको माग गरिएको थियो तर पुटिन यसका लागि गोप्य मतदानको मागमा अडिग थिए जसलाई भारतले अस्वीकार गर्दै विपक्षमा मतदान गरेको थियो । यो मस्यौदा प्रस्ताव अल्बानियाले ल्याएको हो ।

गोप्य मतदानको लागि मस्कोको मागलाई भारतसहित संयुक्त राष्ट्र संघका १०७ सदस्य राष्ट्रहरूले रेकर्ड मतदानको पक्षमा मतदान गरेपछि अस्वीकार गरिएको हो। गोप्य मतदानका लागि रुसको आह्वानको पक्षमा १३ देशले मात्र मतदान गरे भने ३९ देशले गरेनन् । मतदान नगर्ने देशमध्ये रुस र चीन पनि थिए ।

Logo