ह्याण्डबलः मधेस प्रदेशका दुवै टोली पराजित

ह्याण्डबलः मधेस प्रदेशका दुवै टोली पराजित

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फको ह्याण्डबल प्रतिष्पर्धामा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ११–७ गोलको अन्तरले पराजित गरेको छ ।  

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिष्पर्धात्मक जित निकाल्ने क्रममा अञ्जली शाही र संगीता सिंहले समान ५/५ गोलको योगदान गरे । 

पुरुषतर्फको ह्याण्डबल प्रतिष्पर्धामा वागमतीले मधेस प्रदेशलाई २१–१३ स्कोरले पराजित ग-यो । सोनाम राकेश शेर्पाले वागमताीका लागि सर्वाधिक ५ गोल गरेका थिए ।

Logo