पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

केन्द्रबिन्दु
0
Shares

बुकिङ खुला गरेको पहिलो दिनमै भारतमा टियागो ईभीको १० हजार युनिट बुकिङ भएको छ । 

अनलाइन वा डिलरशिपमा गएर बुक गर्न सकिन्छ । पहिलो दिनमै १० हजार युनिट बुकिङ भएपछि टाटा मोटर्सले अरु १० हजार ग्राहकका लागि मूल्य स्थीर राख्ने घोषणा गरेको छ । हाल सो कारको मूल्य ८ लाख ४९ हजार भारु छ । टाटा टियागोको बुकिङ २१ हजार भारुको टोकन रकममा खुला छ । यो  ग्राहकहरूको लागि सो कारको टेष्ट ड्राइभ डिसेम्बर २०२२ को अन्त्यमा र डेलिभरी जनवरी २०२३ बाट सुरु हुनेछ ।

टाटा टियागो ईभीमा २ वटा ब्याट्रीको विकल्प रहेको छ । पहिलो १९।२ किलोवाटको ब्याट्री, जसले ४५ केडब्ल्युएचको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ भने दोस्रो २४ किलोवाटको ब्याट्री, जसले ५५ केडब्ल्युएचको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

टाटा टियागो ईभीको डिजाइन यसको पेट्रोल मोडलसँग मिल्दोजुल्दो छ । यो ५ रङमा उपलब्ध हुनेछ । यसमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको सुविधा पनि दिइएको छ । 

कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट-स्टप र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध गराइएको छ । यसमा मल्टी मोड रि–जेनेरेसन पनि उपलब्ध छ ।

टाटा टियागो ईभी जिपट्रोन प्लेटफर्ममा तयार पारिएको हो । यसको फ्रन्टमा २ वटा एयरब्याग रहेको छ । अचानक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि एबीएस सिस्टममा ईबीडी जडान गरिएको छ । पार्किङका लागि रिभर्स क्यामेरा पनि उपलब्ध छ ।

Skip This
Skip This
Logo