‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारीलाई ठग्ने व्यक्ति पक्राउ

‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारीलाई ठग्ने व्यक्ति पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनीमाथि उपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Logo