नक्कली अन्तरिक्ष यात्री बनेर प्रेमिकासँग २५ लाख ठगी

नक्कली अन्तरिक्ष यात्री बनेर प्रेमिकासँग २५ लाख ठगी

केन्द्रबिन्दु
0
Shares

जापानमा प्रेममा ठगी गरेको एउटा अनौठो घटना सार्वजनिक भएको छ । ६५ वर्षिया एक जापानी महिलालाई एकजना रुसी पुरुषले आफू रुसी अन्तरिक्ष यात्री भएको बताउँदै २५ लाख रुपैयाँ ठगी गरेको बताइएको छ । आरोपितले आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा काम गरिरहेको र उनीसँग विवाह गर्न पृथ्वीमा फर्किन पैसा चाहिने दाबी गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यस वर्षको जुन महिनामा जापानको शिगा प्रिफेक्चरकी ६५ वर्षीया महिलाले ती व्यक्तिलाई इन्स्टाग्राममा भेटेकी थिइन् । ती व्यक्तिको प्रोफाइल अन्तरिक्षका तस्बिरहरूले भरिएको थियो। दुबैले सन्देशहरू आदानप्रदान गर्न थाले र चाँडै आफ्नो कुराकानीलाई जापानी सन्देश अनुप्रयोग लाइनमा सारियो। केही समयपछि पुरुषले युवतीलाई आफूले उनलाई माया गर्ने र जापान आएर बिहे गर्न चाहेको बताए ।

तर आफू अन्तरिक्षमा फसेको  र उनलाई पृथ्वीमा फर्कन पैसा चाहिने बताए । उनले युवतीसँग आफूलाई जापान लैजान सक्ने रकेटको अवतरणको लागि पैसा मागे । १९ अगस्टदेखि सेप्टेम्बर ५ सम्मको अवधिमा ती महिलाले पुरुषलाई करिब २५ लाख रुपैयाँ पठाएकी थिइन् ।

तर, उनले थप पैसा माग्न थालेपछि जापानी महिलालाई शंका लाग्यो र उजुरी दर्ता गराइन् । हाल जापानी प्रहरीले ‘रोमान्स स्क्याम’ ब्रेकेट अन्तर्गत यस मुद्दाको अनुसन्धान गरिरहेको छ।

Logo