एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठले दिए पार्टीबाटै राजीनामा

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठले दिए पार्टीबाटै राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् ।

पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा- १ 'क' बाट स्वतन्त्र उम्मेदवारी दिएका उनले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् । श्रेष्ठ सिबिक निजगढ गाँउपालिकाका अध्यक्षसमेत हुन् । 

पार्टीले स्थानीय नेता/कार्यकर्ता र जनभावना विपरीत टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

श्रेष्ठसँगै उनलाई प्रस्तावक र समर्थकका रुपमा रहेका यमबहादुर खड्का नारयण र गोपालप्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । 

एमालेबाट त्रिलेकी चौधरीलाई प्रदेशसभाको टिकट दिएपछि श्रेष्ठका नेता कार्यकर्ता रुष्ट बनेका छन् । यसअघि उनले स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

Avatar

Logo