सन्दीपलाई म्याद थपका लागि आज अदालत लगिँदै

सन्दीपलाई म्याद थपका लागि आज अदालत लगिँदै

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोपमा प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । 

गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी गौशाला हिरासतमा राखिएका उनलाई अनुसन्धानका लागि सात दिनको दिइएको थियो । सात दिन सकिएसँगै प्रहरीले उनलाई आज अदालत उपस्थित गराउन लागेको हो । 

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । असोज २४ गते जिल्ला अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी गरेका थिए । 

Logo