नवौं राष्ट्रिय खेलकुदः मैदान तयार नहुँदा हक्की खेल अनिश्चित

नवौं राष्ट्रिय खेलकुदः मैदान तयार नहुँदा हक्की खेल अनिश्चित

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हक्कीका खेलहरु प्रभावित भएका छन् । 

बिहीबार बिहानबाट हक्कीका खेलहरु सुरु हुने तालिका रहेकोमा मैदान तयार नहुँदा खेल प्रभावित भएको हो । तालिका बमोजिम देशैभरका खेलाडी, अफिसियल खेलमैदान प्रवेश गरेपनि खेलमैदान तयार नहुँदा खेल अनिश्चित बनेको छ । 

बुधबार साझसम्म मैदानको काम सक्नेगरी काम गरिएकोमा साँझसम्म नसकिएपछि खेल बिहीबार बिहान ११ बजेका लागि सारिएको थियो । तर, अहिलेसम्म घाँस काटेर सकिएको छैन जसले गर्दा खेल हुने–नहुने अन्योल छ । नेपाल हक्की संघका अनुसार खेलमैदान मर्मत तथा खेल सामग्री नपाउँदा बिहान ७ बजेबाट सुरु हुनुपर्ने खेल अझैसम्म अनिश्चित छ ।

पुरुषतर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको गण्डकी बोर्डिङ स्कुलमा गर्ने तालिका छ। तर, उक्त खेल मैदानका घाँस काट्नुका साथै मैदान व्यवस्थापन गर्ने काम अझै नसकिएको नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए । 

मैदान व्यवस्थापनको कमजोरीका कारण मैदान मर्मतमा ढिलाई भएको खड्काले बताए। ‘१ गतेदेखि हामीले फलोअफ गर्न भनेको भनेका थियौं, बनाइदिन्छु भन्दाभन्दै २५ गतेसम्म नबनाएपछि हामी आफैं सदस्य सचिवलाई अब गेम बनाउन सक्दैनौं भन्यो । खेलका क्रममा खेलाडीलाई जोखिम भएको खड्काले बताए ।

हक्की महिलातर्फ गण्डकी बोर्डिङ स्कुलमा हुने तालिका छ । उक्त ठाउँमा खेलमैदानको तयार भए पनि खेल सुरु हुन सकेको छैन । खेलकुद परिषद्ले खेल सामग्री नदिँदा खेल सुरु गर्न नसकिएको नेपाल हक्की संघका उपाध्यक्ष खड्काले बताए ।
 

Logo