कर्वा चौथ भारतीय हिन्दुहरुको प्रमुख चाड हो ।
यो व्रत बिहान १० बजे सूर्योदय अघि सुरु भई राति चन्द्रमा देखेपछि समापन हुन्छ । कर्वा चौथको व्रत ग्रामीण महिलादेखि सहरीया सबै महिलाले भक्ति र उत्साहका साथ मनाउने गर्दछन् । तर भारतीय फिल्म इन्डस्ट्रीमा केहि यस्ता विवाहित नायिकाहरु छन् जो करवा चौथको व्रत राख्नमा विश्वास गर्दैनन् । कतिपय नायिकाले यसको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति समेत दिएका छन् । आउनुहोस् आजको लेखमा तपाईलाई बलिउडका यस्ता ५ विवाहित नायिकाका बारेमा बताउने छौं ।
१. करीना कपुर
करीना कपुरले सैफ अली खानको दीर्घायुको कामना गर्दै करवा चौथको व्रत राखेकी छैनन् । सन् २०१३ मा करवा चौथको बारेमा उनले भनेकी थिईन्, “मलाई मेरो प्रेम प्रमाणित गर्न भोकै बस्नु पर्दैन । म आजसम्म व्रत बसेको छैन । म कपूर हुँ । म खानाबिना बाँच्न सक्दिन । म यो (कर्वा चौथ) मनाउछु ।” तर खाना खादै, काम गर्दै र मेरो फिल्मको प्रचार गर्दै” करीनाको यस्तो बयान सार्वजनिक भएपछि उनको चर्को ट्रोल भएको थियो ।
२. ट्विंकल खन्ना
अक्षय कुमारकी पत्नी तथा पूर्व अभिनेत्री ट्विंकल खन्ना करवा चौथमा विश्वास गर्दिनन् । उनले सन् २०१६ मा आफ्नो ट्वीट अकाउन्टमा लेखेकी थिइन, “आजकल तपाई ४० वर्षको उमेरमा दोस्रो बिहे गर्ने बाटोमा हुनुहुन्छ । त्यसो भए उपवास बसेर के फाइदा ? पुरुषले अब बाँच्नु पर्दैन ।” त्यस्तै २०१७ मा, उनले कर्वा चौथको बारेमा विवादास्पद ट्वीट गरेका थिए, जहाँ उनले लेखेकी थिइन, “सबैभन्दा लामो समय जीवित स्तनपायी, बोहेड ह्वेलको अध्ययन गर्ने वैज्ञानिकहरूले लामो जीवनका लागि सुस्त पाचन क्रिया आवश्यक रहेको नाकी पत्नीहरूको व्रत ।

३. रत्ना पाठक
कर्वा चौथको व्रत नराख्नेमा वरिष्ठ अभिनेत्री रत्ना पाठक पनि पर्छिन् । वर्ष २०२२ जुलाईमा भएको कुराकानीमा उनलाई करवा चौथ व्रत बस्निुहुन्छ ? भनि सोध्दा उनले आक्रोशित हुँदै भनिन्, “म पागल हुँ ? २१औँ शताब्दीमा पनि हामी यस्तै कुरा गरिरहेका छौँ ?

४. रिया कपूर
सदाबहार अभिनेता अनिल कपूरकी छोरी रिया कपूरले गत वर्ष कर्वा चौथको केही दिनअघि करण भुलानीसँग विवाह गरेकी थिइन् । उनले आफ्नो एक पोस्टमा लेखेकी थिइन्, ‘कृपया करवा चौथका लागि मलाई सम्पर्क नगर्नुहोला । करण र म यस कुरामा विश्वास गर्दैनौं । म यो व्रत राख्ने जोडीहरूलाई सम्मान गर्छु ।”
५. मीरा राजपूत
शाहिद कपुरकी श्रीमती मीरा राजपूतले करवा चौथको व्रत राखदिनन् किनभने उनलाई खाना खान मन पर्छ । उनले गत वर्ष आफ्नो एउटा पोस्टमा शाहिद कपूरलाई ट्याग गर्दै लेखेकी थिइन्, “बेबी, म तिमीलाई माया गर्छु । तर मलाई खाना पनि मन पर्छ । त्यसैले हाम्री तीनलाई सदाका लागि करवा चौथको शुभकामना । अर्को वर्ष फेरि प्रयास गर्नेछु ।” म तिम्रो सुस्वास्थ्य र खुशीको कामना गर्दछु ।






























प्रतिक्रिया