नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

केन्द्रबिन्दु
0
Shares

 साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव १५ अंकले वृद्धि भएर १ हजार ८७० दशमलव ६३अंकमा पुगेर रोकिएको हो । 

आज जलविद्युत उपसूचकबाहेक सबै बढेका छन् । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ । बिहीवार अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

यता, सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ४.४५ प्रतिशत घटेको छ। आज नबिल बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बुधवारको तुलनामा बिहीवार कारोबार रकममा सामान्य सुधार भएको छ । बजारमा दुई सय २२ वटा कम्पनीको २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ९६ लाख ४६ हजारको कारोबार भएको छ । बुधवार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

Skip This
Skip This
Logo