तेस्रो जितसँगै नेपाल पुलिसको महिला क्रिकेट टिम सेमिफाइनलमा

तेस्रो जितसँगै नेपाल पुलिसको महिला क्रिकेट टिम सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार भएको महिला ट्वान्टी–२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । 

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार बनाएको थियो । 

जवाफी ब्याटिङमा आएको लुम्बिनी प्रदेशले १२.५ ओभरमा १० विकेटको क्षतिमा १५ रन मात्र बनाएको थियो ।ब्याटिङ तर्फ नेपाल पुलिस क्लबकी काजल श्रेष्ठले १ रन, रुबिना क्षेत्रीले ५ रन, सम्झना खड्काले २९ रन, अप्सरी बेगमले १० रन, सोभा रोकायले १ रन, कविता जोशीले ४८ रन, ईश्वरी विष्टले १ रन र सबनम राईले २ रन जोडेका थिए । पुलिस क्लबले अतिरिक्त १५ रन प्राप्त गरेको थियो । 

बलिङतर्फ नेपाल पुलिस क्लबकी ईश्वरी विष्टले ४ विकेट, हिरुमई राय र रूबिना क्षेत्रीले समान २ विकेट र सबनम राईले १ विकेट लिएका थिए । 

पुलिस क्लब लगातार तेस्रो खेलमा पनि विजय भएको हो । खेलमा ४८ रन बनाएकी पुलिस क्लबकी कविता जोशी प्लेयर अफ द म्याच घोषित भइन् । 

जितसँगै पुलिसको महिला क्रिकेट टिम समूह ‘बी’ मा ६ अंक सहित समूह विजेता बन्दै सेमिफाइनममा प्रवेश गरेको छ । पुलिसले असोज ३१ गते समूह ‘ए’को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ ।

Skip This
Skip This
Logo