परराष्ट्रमन्त्री र विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

परराष्ट्रमन्त्री र विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशक प्याट्रिसिया डान्जीले आज भेट गरेकी छन् । 

भेटवार्ता परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरुबीच नेपालमा भइरहेको र हुनसक्ने स्वीस सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल भएको थियो । 

साथै बैठकमा कोभिड–१९ पश्चात नेपालको आर्थिक पुनरुत्थान र अल्पविकसित राष्ट्रबाट स्तरोन्नती हुनका लागि आवश्यक पर्ने सहयोगका विषयमा पनि छलफल भएको थियो । 

Skip This
Skip This
Logo