ग्लोबल टेक्नोलोजी लिडर शाओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरु उपलब्ध गराएको छ । कम्पनीले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै आएको छ ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका हुन् । कम्पनीले टेकवान्डो जस्ता खेलकुदमा संलग्न बालबालिकाहरूलाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबला जस्ता सांगीतिक यन्त्रहरू उपलब्ध गराएको छ ।
सो क्रममा कम्पनीका कन्ट्री जेनेरल म्यानेजर पंडाले भने, “हामी सँधै हामीले काम गरेको समुदायको उत्थान गर्ने कुरामा विश्वास गर्छौं । व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वको बारेमा हामी सचेत छौं । चाडपर्वहरू नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने यो भन्दा राम्रो अवसर अरु के होला । विद्यार्थीहरूसँग समय बिताउन पाउनु हाम्रो लागि एउटा फरक अनुभव थियो। अप्ठेरोमा परेकाहरूलाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ ।”





























प्रतिक्रिया