काठमाडौं ।
काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा आज कोरोना संक्रमित ९८ बर्षीय जेष्ठ नागरिकको मृत्यु भएको छ ।
काठमाडौंको बानेश्वर बस्दै आएका उनलाई साउन २७ गते कोरोना पुष्टि भएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज विहान निधन भएको अस्पतालले जानकारी दिएको छ ।
मृतक पुरुषले केहि दिन अघि मात्र आफ्नो ९८ औ जन्म दिन छोरा बुहारीका साथ मनाएका थिए ।
यस अघि काभ्रेको पाँचखालकी ५० वर्षिय महिलाको मृत्यु भएसँगै जिल्लामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यहाँ हालसम्म ८० जना संक्रमित देखिएका छन् । जस मध्ये ३२ जना निको भएका छन् ।





























प्रतिक्रिया