आठौँ संस्करणको ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप आजदेखि सुरु हुँदैछ ।
अस्ट्रेलियामा हुने प्रतियोगिताको सुरुमा आठ टिम सम्मिलित प्रारम्भिक चरण हुनेछ । त्यसपछि ‘सुपर ट्वेल्भ’ को चरण सुरु हुनेछ । यो चरणको पनि समाप्तीमा हुनेछ, नकआउटका खेल । सुरुमा सेमिफाइनल, त्यसपछि फाइनल हुनेछ । सन् २००७ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपको आयोजना भएको थियो । छोटो समयमै यसका सात संस्करण आयोजना भइसकेका छन् ।
पछिल्लो संस्करण सन् २०२१ मे मा भएको प्रतियोगिताको उपाधि अस्ट्रेलियाले जितेको थियो । यसपल्ट अस्ट्रेलियासामु आफ्नै गृहभूमिमा उपाधिको रक्षा गर्ने अवसर हुनेछ र यही टिमलाई उपाधिको सबैभन्दा ठूलो दावेदार मानिएको छ ।
अस्ट्रेलियापछि भारत र इंग्ल्यान्ड दुवै उत्तिकै बलिया दाबेदार हुन् । तर यी टिमको खेल ‘सुपर ट्वेल्भ’ बाट सुरु हुनेछ । त्यस अगाडि तिनै आठ टिमको खेल हुनेछ। यी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । लिग चरणमा एकले अर्कोसँग खेल्नेछन् । समूहको शीर्ष दुई स्थानमा रहने टिमले ‘सुपर ट्वेल्भ’ को यात्रा तय गर्नेछ ।
‘सुपर ट्वेल्भ’मा श्रीलंका र वेस्ट इन्डिज रहेका छन्। वेस्ट इन्डिज सन् २०१२ र २०१६ को दुई पटकको विजेता रहेको छ। यसैबीच सन् २०१४ मा श्रीलंकाले उपाधि जितेको थियो । श्रीलंका प्रारम्भिक छनोटको समूह ‘ए’ मा रहेको छ । यस समूहमा नामिबिया, नेदरल्यान्ड्स र यूएई रहेका छन्।
अर्को समूह ‘बी’ मा वेस्ट इन्डिजसँगै जिम्बावे, आयरल्यान्ड र स्कटल्यान्ड छन्। ‘सुपर ट्वेल्भ’ को पहिलो समूहमा अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड र अफगानिस्तान छन् । अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेशसँगै दक्षिण अफ्रिका रहेका छन् । यो चरणमा प्रवेश गर्ने चार टिमकै लागि पहिलो चरणका खेल हुन लागेका हुन् । आज पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा श्रीलंका र नामिबियाबीच भिड्नेछन् । दोस्रो खेलमा यूएई र नेदरल्यानड्सबीच प्रतिस्पर्धा हुने छ। दुवै समूह ‘ए’ का खेल रहेका छन् ।































प्रतिक्रिया