जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झन्डा

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झन्डा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । 

आइतबार बिहान उपचारका क्रममा निधन भएका जोशीको अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।  

हाल जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति पुगेका छन् । 

पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यसअघि उनको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने बताइएको छ । उनलाई राष्ट्रिय सम्मान दिइने पनि गृह मन्त्रालयले निर्णय गरिसकेको छ ।

Logo