वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिन अघि सङ्कलन गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरेका छन् । हेटौंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् ।

उनीसँगै मकवानपुरमा सोमबार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

Logo