महिला भलिबलमा एपीएफको जित

महिला भलिबलमा एपीएफको जित

केन्द्रबिन्दु
0
Shares

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपिएफले जित निकालेको छ । 
बेनीको खुला मञ्च मैदानमा आइतबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–१ को सेटमा हरायो । एपीएफले २५–२०, १९–२५, २५–२१, २५–२३ को जित निकालेको थियो । जितसँगै समूह ‘ए’ बाट एपीएफ र आर्मी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हारेपनि आर्मी समूह उपविजेता बन्दै अघिल्ले चरणमा पुगेको हो ।

Skip This
Skip This
Logo