एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम पोखरामा सम्पन्न

एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम पोखरामा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२२ को अवसरमा गण्डकी प्रदेशअन्तर्गत टुकी रिसोर्ट, लेकसाइड, पोखरामा प्रदेश स्तरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी तथा छलफल गरिएको थियो । 

मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका  बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजी बजारमा आबद्ध भई सुरक्षित र सहज रुपमा शेयर कारोवार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएकाे छ। 

उक्त कार्यक्रममा ६० जनाभन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो । साथै, आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य स्थानहरुमा समेत गर्ने कम्पनीले जानकारी दिएको छ ।

Logo