एपीएफ सेमिफाइनलमा, बागमती बाहिरियो

एपीएफ सेमिफाइनलमा, बागमती बाहिरियो

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको समूह बी अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ गोलको नतिजामा पराजित गर्‍यो । हारसँगै उपाधि दाबेदार मानिएको बागमती समूह चरणबाटै बाहिरिएको छ ।

पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा अग्रता जोगाउन नसक्दा बागमतीले पराजय बेहोर्नु पर्‍यो । पहिलो हाफको इञ्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको एपीएफले ६५औं मिनेटमा प्रदीप लामाको गोलबाट खेलमा बराबरी गरेको थियो । त्यसको ११ मिनेटपछि नवीन लामाले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए । इन्जुरी समयमा नवीनले गरेको व्यक्तिगत दोस्रो गोलसँगै एपीएफले ३–१ को जित सुनिश्चित गर्‍यो ।

यस अघि नेपाल पुलिसलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

Logo