भारोत्तोलनः ओलम्पियन कमललाई स्वर्ण पदक

भारोत्तोलनः ओलम्पियन कमललाई स्वर्ण पदक

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । 

ओलम्पियन कमलले स्नाचमा ९५ केजी क्लिन एण्ड जर्कमा १३० केजी गरी कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । सेनाकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरी कुलमा २०९ केजी भारका साथ रजत पाए । यस्तै सुदूरपश्चिमका अशोक सिंह भण्डारीले स्नाचमा ९२ केजी, क्लिन एण्ड जर्कमा ११६ केजी गरी कुल २०८ केजी भारका साथ कांस्य प्राप्त गरे ।

आजै सम्पन्न महिला नेपाल प्रहरीकी टिकामाया गुरुङले स्वर्ण हात पारिन् । टिकाले स्नाचमा ६० केजी, क्लिन एण्ड जर्कमा ८० केजी गरी कुल १४० केजी तौल भारका साथ स्वर्ण जितेकी हुन् । 

दोस्रो स्थानमा सेनाकी प्रभा थारु रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७१ केजी भारका साथ कुलमा १२९ केजीका साथ रजत प्राप्त गरिन् । लुम्बिनीकी कृष्णकला विष्टले स्नाचमा ५६ केजी, क्लिन एण्ड जर्कमा ७२ केजी गरी कुल १२८ केजी तौलका साथ कांस्य पाइन् ।

महिला ५९ केजी तौलमा नेपाली सेनाकी कमला श्रेष्ठले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १५३ केजी तौल भार बहन गरिन् । पुलिसकी देवी कुमारी चौधरीले स्नाचमा ५८ केजी, क्लिन एण्ड जर्कमा ७० केजी गरी कुल १२८ केजी भारका साथ रजत र सेनाकी अश्मिता पुलामी मगरले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ७० केजी गरी कुल १२३ केजी भारका साथ कांस्य पाइन् ।

Logo