‘नेपाल र भारतबीचको सम्बन्धमा सुधार आउने संकेत देखियो’– परराष्ट्रविद् डा.थापा

‘नेपाल र भारतबीचको सम्बन्धमा सुधार आउने संकेत देखियो’– परराष्ट्रविद् डा.थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारत बीचको कूटनीतिक संवादले निरन्तरता पाउने संकेत देखिएको टिप्पणी गरेका छन् । सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रविद् डा. थापाले त्यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय दुई देशका प्रधानमन्त्री बीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायको वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।

नेपाल भारतबीच सीमाका विषयमा विवाद रहेको र नेपालले कुराकानी गर्न भारतलाई पत्राचार गरेको विषयमा भारतले बेवास्ता गरिरहेको अवस्थामा एउटा संयन्त्रको छलफल हुनु र प्रधानमन्त्री स्तरमा पनि टेलिफोन वार्ता हुनुले संवादहिनताबाट संवादको अवस्थामा प्रवेश गरेको उनको तर्क छ । उनले संवादको सुरुआत मात्रै नभई समझदारीको नयाँ आधार खडा भएको समेत बताए ।

सीमा विवादपछि नेपाल र भारतबीच संवादहिनता रहेको बेला सोमबार नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्रा बीच विकास निर्माण सम्बन्धमा वार्ता भएको हो । यसअघि गत शनिबार भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको थियो । साथै, स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरुसँग सुरक्षा, विकास र विश्वासको साझेदारीका साथ सांस्कृतिक, आर्थिक र समाजिक रुपमा सम्बन्धलाई बलियो बनाउने बताएका थिए ।

Logo